काठमाडौं, १७ जेठ । कोटेश्वर निवासी रामप्रसाद शर्मालाई दुई वर्षअघि माघको चिसोमा एक्कासि दमले समात्यो। ‘चिसो लागेको होला, केही दिन घरमै आराम गरे निको भइहाल्छु भन्ने सोचेर उनी अस्पताल जान मानेनन्। ६० वसन्त पार गरिसकेका उनलाई रुघाखोकी पनि लागेको थियो। घरमा तुलसीपत्ता पानी पिएरै निको हुन्छ भन्नेमा शर्मा ढुक्क थिए।
केही दिनपछि बिहान उनलाई निकै गाह्रो भयो। छोराहरूले केएमसी अस्पताल इमर्जेन्सीमा पुर्याए। उनको शरीरमा अक्सिजनको मात्रा २९/३० मा भरेको रहेछ। सामान्यतया यो ९० भन्दा माथि हुनुपर्छ। अस्पतालको बेडमा सुताएर अक्सिजन चढाउन थालेपछि उनले केही आराम महसुस गरे।
‘बुबा चुरोट पिउनुहुन्छरुु उपचारमा संलग्न डाक्टरले उनलाई सोधे।
उनले सानो स्वरमा जवाफ दिए, ‘पिउँथेँ, तर छाडेको चार वर्ष भइसक्यो।’
डाक्टरले फेरि सोधे, ‘छाड्नुअघि दिनको कतिवटा पिउनुहुन्थ्यो ?’
‘त्यस्तै १२–१५ वटा।’
बाबुको बोली भुइँमा झर्न नपाउँदै छोराले थपिदिए, ‘हैन–हैन, डाक्टरसाप, दिनको २० वटाजति।’
‘कति वर्ष पिउनुभो बुबा चुरोटरु,’
शर्माले गम खाँदै केही बेरमा भने, ‘खाएँ हुँला त्यस्तै ३६/३७ वर्ष।’
डाक्टरले रोग खुट्याए, ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिजु ९सिओपिडी०। रोगले गाँज्नु चार वर्षअघि नै चुरोट पिउन छाडे पनि लगभग ३५ वर्ष चुरोट पिएको नतिजा थियो, त्यो रोग।
‘लामो समय चुरोट सेवन गर्नेको फोक्सोले सामान्य मान्छेकोले झैं अक्सिजन लिन सक्दैन। त्यसैलाई सरल भाषामा दम बढेको भनिन्छ,’ निजामती कर्मचारी अस्पतालका मुटुरोग विशेषज्ञ डा. कमल लम्सालले नागरिकसँग भने।
उनका अनुसार सिओपिडी रोगको उपचार राम्ररी नगर्दा अन्ततः क्यान्सरको जोखिम बढ्छ। र, घुमिफिरी विचार गर्दा, यसको मुख्य कारण हुन्छ चुरोट।
‘चुरोटले कसलाई कसरी असर गर्छ, ठ्याक्कै भन्न नसकिए पनि बेफाइदा नै गर्छ भन्नेमा शंका छैन,’ डा. लम्साल भन्छन्, ‘मान्छे धूमपानले क्यान्सर हुन्छ भन्छन्। क्यान्सर वा मुटुको जटिल रोग भनेको अन्तिममा देखिने ठूला रोग हुन्। चुरोटको पहिलो सर्कोदेखि नै मान्छेको शरीरमा नकारात्मक असर सुरु गर्छ।’ नागरिक दैनिकबाट













प्रतिक्रिया