
काठमाडौँ, २४ वैशाख । नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत आज जिम्बावेसँग खेल्दैछ। शुक्रवार पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले शनिवार दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाल ३ विकेटले पराजित भएको थियो। सिरिजको तेस्रो खेल सोमवार हुनेछ।















प्रतिक्रिया