७ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई ओलीको जवाफ: धम्कीले जनताले भोट हाल्दैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धम्कीले जनता नडराउने बताएका छन् ।

बिहीबार रौतहटमा एमालेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै अब धम्कीमा डराएर जनताले भोट नहाल्ने बताएका छन् ।

प्रचण्डले चितवनको भरतपुरमा आयोजित आमसभामा भरतपुर महानगरपालिकाको गठबन्धन उमेदवार रेनुलाइ भोट नहाले देशमा दुर्घटना हुने भन्ने धम्की दिएको स्मरण गदै ओलीले भने ‘अब त्यस्तो धम्कीले जनताले भोट हाल्दैन ।’

अध्यक्ष केपी ओलीले पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ्ग कलेजमा पढदै गर्दा आफुले माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको बताए । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाएपछि उनलाई पार्टीबाट हटाएको बताउँदै ओलीले भने ‘मैले सर्पको बच्चालाई दुध खुवाएको रहेछु ।’

गौरमा आयोजित आम सभामा पनि अध्यक्ष ओलीले भने ‘पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलङ्घार जन्मीएको रहेछ ।’ ‘माधव नेपाल कुलङ्घार हुन ।’ ओलीले भने, ‘घरमा परिवारमा वा पार्टीमा एउटा कुलङ्घार निस्कियो भने त्यसले विनास गर्छ ।’

त्यस्तै, माधव नेपालको गृह जिल्ला समेत रहेको रौतहटमा नेपालाई कुहिएको फर्सिको संज्ञा दिएका छन् । शुक्रबार रौतहटको चन्द्रनिगनहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफै कुहिएको फर्सी हुन् ,कुहिएको फर्सी भएकै कारण अहिले कांग्रेस र माओवादीको पछि पछि लागेर हिडिराख्नु परेको छ ।’