७ कार्तिक २०८३, शनिबार

बैतडीमा कोदालोले हिर्काएर एक युवकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २३ वैशाख । जिल्लाको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ ।

श्यामको कोदालो प्रहारबाट मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शुक्रबार दिउँसो १ बजे खानेपानीको विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गरेका हुन् । वीरेन्द्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।