– विजय थापा
वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका स्थित शाखाहरुले नेपालका भूकम्प पीडितका लागि आपतकालीन सहयोग संकलन सुरु गरेका छन् ।
एनआरएनए अफ्रीकाका क्षेत्रीय संयोजक हिक्मत थापाले सोमबारसम्म एनआरएनए नाइजेरियाले ६ लाख, एनआरएनए केन्याले ५ लाख, एनआरएनए तान्जानियाले ४ लाख रुपैयाँ सहयोग संकलन गरेको बताए ।
यसका साथै जाम्बिया, युगान्डा र अन्य शाखाहरुले पनि सहयोग संकलन प्रारम्भ गरेको समाचार प्राप्त भएको छ ।
अछाम घर भएका एनआरएनए अफ्रीका क्षेत्रीय संयोजक हिक्मत थापा ०४५ सालमा धरानमा गएको भुकम्पमा ज्यान जोगाउन सफल भएका थिए भने उनि त्यस समय धरान हात्तिसार स्थितमा खाध्य प्रविधिमा अध्ययनरत थिए ।















प्रतिक्रिया