– सुदीप अधिकारी
बर्दिया, १५ बैशाख । बर्दिया जिल्लाबाट भूकम्प पीडितका लागि २ लाख ६९ हजार ४ सय ३६ रुपैँया राहत रकम पठाइएको छ । सोमबार जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी कर्मचारीले एक दिनको तलब राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सोमबार दश वटा सरकारी तथा गैर सरकारी कार्यालयले राहत रकम जम्मा गरेका जिल्ला प्रशासन कार्यालयले जनायो ।
जिल्ला प्रशासन कार्यालयका अनुसरा सोमबार जिल्ला प्रशासन कार्यालय, पशु सेवा कार्यालय, जिल्ला निर्वाचन कार्यालय, बबई सिँचाइ आयोजना, कृषी सामाग्री संस्थान, कृषी विकास कार्यालय, गुलरिया नगरपालिका र नेकपा एमाले बर्दियाले राहतस्वरुप उक्त रकम प्रदान गरेका हुन् । यसैगरी व्यक्तिगत रुपमा पनि रकम जम्मा हुने क्रम जारी रहेको प्रशासनले बताएको छ ।
जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट रकम जम्मा हुने क्रम जारी रहेको बताइएको छ । संकलन भएको राहत रकम सिधै केन्द्रिय दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताए ।















प्रतिक्रिया