८ कार्तिक २०८३, आइतबार

देशका लागि एमालेले जसरी नि चुनाव जित्नुपर्छ, हार्ने छुट छैनः उपमहासचिव गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ वैशाख । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको लागि एमालेले आसन्न निर्वाचन जसरी पनि जित्नुपर्ने भएकाले हार्ने छुट नभएको बताएका छन् । एमाले राइनास नगर कमिटिद्वारा आज आयोजित आसन्न चुनाव लक्षित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कम्युनिष्टलाई कम्युनिष्टले नै हराउने भनेको वंश नाश गर्ने कुरा भएकाले कंसको रुपमा आएका माधव नेपालहरुलाई आगामी निर्वाचन पछि सियो नि नभेट्ने गरेर हराउँदै सिट्ट्ठी बालेर खोज्नुपर्ने अवस्थामा पुर्याउनुपर्ने उनको भनाई छ ।

उनले यस्ता विश्वास घाती, आत्मघातीहरुलाई यो मुलुकमा रहेसम्म र कांग्रेस जस्ता जनताको पक्षा, राष्ट्रको पक्षमा एउटा सिन्को पनि नभाच्ने पार्टी सिंहसातमा बसेर जुंगाको ताउ लगाएर खाने काम प्रचण्ड माधवले गरेको आरोप लगाए ।

एमालेका लागि त्यसकारण यो चुनाव ठूलो चुनौती भएपनि चुनाव जितेर पहिलो बन्ने उनले दाबी गर्नुभयो । नेपालमा धेरै दल भएपनि दुई धारको चुनाव हुने एउटा एमाले र एमालेविरुद्धको सत्ता गठबन्धन रहेको छ ।

नेता गुरुङले भने, सत्ता गठबन्धनको पक्षमा लागेकामध्य चार जना नेता बाबुराम, प्रचण्ड, माधव, मोहनविक्रमसिंह कम्युनिष्ट पार्टीकै रहेको र ती नेताहरुले कांग्रेसको तरुल चातेर हिड्ने दलालि गरेर हिडेका छन्, त्यो नेताको अस्तित्य छैन । दुई धार मात्र हुने र मुलुकमा अबको चुनावमा कसैले स्वकारेनी नस्वाकारेनी एउटा हामी हो, अर्को राप्रपा हुन्छ की कांग्रेस हुन्छ त्यो थाहा छैन । कम्युनिष्टको शिर्ष नेता एमाले हो, तसर्थ सबै जनता र कम्युनिष्टहरुले केही नबोली सूर्य चिन्ह्मा भोट दिएर एमालेलाई जिताउनुको अर्को विकल्प नभएको भन्दै एमाले नेता गुरुङले मतदातासामु आफ्नो पार्टीलाई मत दिएर विजयी गराउनका लागि  आग्रह गरे ।

उनले भने, ‘पहिला चुनाव जित्यौ, त्यसपछि चुनाव जितेपछि प्रदेश र संघ जित्ने आधार हुन्छ, सबै तह जितेपछि एमालेले लिएको विकासको लक्ष्य पूरा गरेरै छाड्नेछौँ ।’ मुलुकमा रहेका गरिबीलाई हटाउने, स्वदेशमै सबै बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गर्ने, २५ वर्षभित्रमा मुलुललाई संसारको मंध्यम देशको दाजोमा पुर्याउने लक्ष्य रहेको र ४ वर्ष सकिएको र अब बाँकी रहेको २१ वर्षमा उक्त लक्ष्य भेटाउने उनको भनाई छ ।

विभिन्न ठूला ठूला विकास गर्ने देखि भारतले मिचेको कालापानी, लिपुलेक, लिपुधुरा समेटेर नक्सा निकाल्ने, भारतले गरेको नाकाबन्दीको समेत कसैसँग नझुट्ने काम एमालेको सरकार हुँदा केही ओलीले गरेको उहाँको भनाई छ । पार्टीले चुनाव जितेमा ती बाँकी रहेको कामलाई पूरा गर्दै देश विकासतर्फ अघि बढ्नेछ । सपना देख्नुपर्ने रहेछ विकास सम्भव रहेकाले आज जुन केपी ओलीले देखाएको सपनामा जनताले साथ दिएकाले एमालेले जितको र यतिबेला एमाले विरुद्धमै अरु लागेर देश संकटतर्फ धकेल्न खोजेको एमाले नेता गुरुङले भने ।

राइनास नगरपालिकाको प्रमुख पदका उम्मेदावर सिंहबहादुर थापाले आउँदो कार्यकालका खाली निर्माण गरेका खाकाहरु प्रस्तुत गरे । सम्रग विकासको लागि पूरा गर्न बाँकी रहेका काम र नयाँ काम गर्दै अबको कार्यकालमा समृद्धि पालिका बनारै छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले आफू र आफ्नो टिमले पालिकाको विकासका लागि योग्य भएकाले सबैले मत दिएर जिताउनका लागि आग्रह समेत गरेका छन् ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारी, टुका हमाल, प्रदेश कमिटि सचिव धनञ्जव दवाडी, नगर कमिटि अध्यक्ष पूर्णबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।