
काठमाडौँ, २२ वैशाख । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सर्वोच्च अदालतमा बहस सकिएको छ ।
सोमबार एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बहस सकिएको हो ।
बहस सकिएसँगै रिटउपर आजै आदेश आउने सर्वोच्च प्रशासनले जनाएको छ ।
गत आइतबार सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि त्यसविरुद्ध पोखरेल अदालत गएका हुन् ।















प्रतिक्रिया