८ कार्तिक २०८३, आइतबार

पश्चिम रूकुममा कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । रुकुम पश्चिममा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ।

त्रिवेणी गाउँपालिकामा बिहीबार बिहान दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान र कुटपिट भएको हो।

त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ। त्रिवेणी ९ बाट वडा नम्बर ५ जाने क्रममा ढुंगा प्रहार भएको थियो।

घटनामा ६ जना सामान्य घाइते छन्। माओवादीले भने जिल्ला कमिटी सदस्य चुडामणी बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेको दाबी गरेको छ। एकअर्काविरूद्ध ढुंगा हानाहानको खबर आएपछि प्रहरी पठाइएको थियो।