१ कार्तिक २०८३, आइतबार

आइपिएलमा चेन्नइलाई हरायो बैंगलोरले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ। पुनेमा सम्पन्न भएको खेलमा पहिले ब्याटिङ गरेको बैंगलोरले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १७३ रन बनाएको थियो।

जवाफमा चेन्नईले २० ओभरमा आठ विकेट नै गुमाएर १६० रन मात्र बनाएपछि बैंगलोरले जित निकालेको हो। यो जितसँगै १२ अंक बनाएको बैंगलोर तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चेन्नई तालिकाको नवौं स्थानमा समेटिएको छ।