काठमाडौँ । पुनेमा चेन्नई र बैंगलोरबीचको आईपीएल खेलको दौरान एक रोचक घटना क्यामेरामा कैद गरिएको छ ।
चेन्नईको इनिङ्समा एक युवतीले घूँडा टेकेर प्रेम प्रस्ताव राखिन् । युवकले पनि आफ्नी प्रेमिकालाई अँगालो हालेर औँठी लगाएर प्रस्ताव स्वीकार गरे । चेन्नईको इनिङ्सको ११ औँ ओभरमा यो जोडी टिभी स्क्रिनमा देखाइएको थियो ।
उनीहरुलाई दर्शकले ताली बजाएर बधाई दिए । उक्त भिडियो र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस