
काठमाडौँ, २१ वैशाख । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई अध्यक्षकै स्वतन्त्र उम्मेदवार अकवीर खड्काले एक लाख रुपैयाँको माला लगाइ दिएका छन् ।
खड्काले जैशीलाई एक हजार रुपैयाँका सय वटा नोटको माला लगाइदिएका हुन् ।
खड्काले आफ्नो उम्मदेवारी निष्क्रिय बनाउँदै आफूले चुनाव लड्न राखेको खर्च जैशीलाई दिएको बताए ।
उनले दिएको स्वतन्त्र उम्मेदवारी जनताले नै फिर्ता लिन भनेपछि आफ्नो उम्मेदवारी निष्क्रिय बनाउन लागेको बताए ।
ताँजाकोटमा माओवादीक जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा छ ।















प्रतिक्रिया