
काठमाडौँ, २१ वैशाख । जाजरकोटको कुशे गाउँपालिका–९ जुर्गेमा सत्तारुढ गठबन्धनका दलका कार्यकर्ताहरुबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
वुधबार दिउँसो गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप भएको हो ।
चुनावी प्रचारप्रसाकार क्रममा माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूबीचमा झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
झडप नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि नै ढुंगा प्रहार भएपछि झडपमा प्रहरीले हवाई फायर गरेको हो ।
झढपमा परी कांग्रेसका कुशे–९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएकका छन्
।
स्थिति नियन्त्रणमा लिन बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।















प्रतिक्रिया