१ कार्तिक २०८३, आइतबार

जिम्बावे ए विरुद्ध नेपाल ८ विकेटले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेपालले तेस्रो टी२० खेलमा जिम्बावे ए लाई ८ विकेटले हराएको छ ।

यससँगै तीन खेलको शृंखला १-१ को बराबरीमा सकिएको छ ।

नेपालले पहिलो खेलको बद्ला लिएको हो ।दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

टस जितेर फिल्डिङ गरेको नेपालले उत्कृष्ट बलिङ गर्दै जिम्बावे ‘ए’लाई १३६ रनमा रोकेको थियो ।

जवाफमा ओपनर आसिफ शेखले अविजित ८७ रन प्रहार गर्दा नेपालले १५.५ ओभरमा १३८ रन बनाएर लक्ष्य पूरा गरेको हो। आसिफले ५४ बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरे ।