
काठमाडौँ, २१ वैशाख । नेकपा माओवादी केन्द्र सम्वद्ध पत्रकार संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य देवराज सावद प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।
सावदलाई वधुबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष गगन बिष्ट, वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे लगायतले खादा लगाएर चौतारीमा स्वागत गरेका छन् ।
सावद प्रेस सेन्टर नेपाल र माओवादी केन्द्र कम्युनिष्ट आन्दोलनविरोधी कित्तामा उभिएकोले प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।
उनी तात्कालीन नेकपाको समयमा दुई संगठन एकता हुनु अघिबाटै केन्द्रीय सदस्य थिए ।
















प्रतिक्रिया