८ कार्तिक २०८३, आइतबार

एमालेले २७ गते सिमरामा वृहत आमसभा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, २१ वैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दैै नेकपा (एमाले)ले वैशाख २७ गते सिमरामा वृहत जनसभा आयोजना गर्ने भएको छ ।

जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीको आयोजनामा वुधवार सिमरामा बसेको बैठकले जनसभा गर्ने निर्णय गरेको हो ।

शक्ति प्रर्दशन गर्ने उदेश्यसहित आयोजना हुने जनसभालाई केन्द्रीय नेताले सम्बोधन गर्ने परिचालन कमिटी संयोजक मनोज पौडेलले जानकारी दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित गर्न जनसभा गर्न लागिएको पौडेलले बताए ।

यसअघि परिचालन कमिटीको बैठकमा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह, मधेस प्रदेश सचिव डा. कृष्ण पौडेललगायतका नेताले सम्बोधन गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले एमालेविरुद्ध फैलाइएको षडयन्त्र चिर्न र उपमहानगरपालिकामा पुनः एमालेको उम्मेदवारलाई जिताउन जरुरी रहेको बताएका छन् ।

नगरबासीलाई भ्रमित पार्ने कोशिस भईरहेको भन्दै पुर्वमन्त्री पौडेलले भ्रममा नपर्न नगरबासीलाई आग्रह गरेका छन् । बैठकमा पूर्वमन्त्री साहले एमालेका उम्मेदवारलाई बिजयी गराउन टोल, वडा, गाँउ र नगर तहका प्रभावकारी अभियान संचालन गर्नुपर्ने बताएका छन् ।

बैठकले जनसभा भन्दा अगाडी सबै वडामा टोल सभा गर्ने निर्णय गरेको छ । बैठकमा एमालेका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, परिचालन कमिटीका सदस्य, एमाले नेताकार्यकर्ताको उपस्थती रहेको थियो ।