काठमाडौं, १७ जेठ । सार्क शिखर सम्मेलनका लागि उपत्यकाका झण्डै साढे दुई दर्जन स्थानमा सडक सुधार गरिने भएको छ ।
सडक विभागले ती ठाउमा सडक सुधारका लागि असारमै टेण्डर आह्वान गर्न लागेको छ । सार्क सम्मेलनमा अतिथीहरु आवात्जावात् गर्ने स्थानका सडक विस्तार र सुधारका लागि झण्डै ७५ करोड रुपैया बजेट विनियोजन गरिएको विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । आगामी बजेट कार्यक्रममा ती सडक निर्माणका लागि बजेट विनियोजन गर्न पेश भइसकेको छ । बजेटको स्रोत सरकारले नै व्योहर्नेछ ।
सार्कका बेला सडक मर्मतसम्भार गरी सहरलाई आकर्षक देखाउने प्रयासस्वरुप सुधार गर्न लागिएको हो । आगामी नभेम्बरको अन्तिम सातातिर ९मंसिर० मा नेपालले १८ औं सार्क सम्मेलन आयोजना गर्दैछ ।
काठमाडौं सडक डिभिजन कार्यालयअन्तरगत १५ सडक खण्ड सुधारको प्राथमिकतामा परेका छन् । तीमध्ये तिनकुने-गौशाला-एयरपोर्ट सडक खण्डमा दुवैतर्फ एकरएक लेन थपेर कालोपत्रे गरिनेछ । सार्कसम्मेलन अगाडि नै विस्तार र कालोपत्रे नसकिए पनि सडक फोहोर नदेखिने गरी बनाइने उनले बताए । यी बाहेक अन्य स्थानमा गरिने सडक सुधारमा सामान्य कालोपत्रेमार्फत नया सतह थपिनेछ ।
यसबाहेक गौशाला, चावहिल, महाराजगञ्ज र स्वयम्भु क्षेत्रको चक्रपथमा पनि कालोपत्रेको नया सतह थपिनेछ । बौद्धदेखि गोकर्ण दक्षिण ढोका, केशरमहल-ठमेल, बालाजु-ठूलो खोला, महाराजगञ्ज-चुनदेवी-श्रीलंकाली दुतावास गेटको पनि सुधार गरिनेछ । सार्कका सबैजसो दुतावास पुग्ने सडकको सुधार गरिनेछ ।
ललितपुरमा झण्डै आधा दर्जन सडक सुधारको सुचिमा परेका छन् । बागमति पुलदेखि जावलाखेलसम्म र लगनखेलदेखि सात दोबाटोसम्म, पुलचोकदेखि मंगलबजार, नख्खुपुलदेखि भैसेपाटी र सातदोबाटोदेखि गोदावरीसम्को ३ किमी खण्डमा पनि कालोपत्रेद्वारा नया सतह कायम गरिनेछ । हरिहर भवनस्थित मन्त्री क्वार्टरको सडक पनि सुधार गरिने छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया