१४ कार्तिक २०८३, शनिबार

सबैभन्दा धेरै मृत्यु सिन्धुपाल्चोकमा, मर्नेको संख्या १३ सय नाघ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A collapsed building over a private car can be seen at Baluwatar

युवराज पाण्डे

बनेपा, १५ वैशाख । सिन्धुपाल्चोकमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । मृतकमध्ये एक हजार १७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७०० को हाराहारीमा घाइते भएका छन् ।

भूकम्पका कारण प्रहरीको समेत मृत्यु भएको, प्रहरी चौकी क्षतिग्रस्त भएको र सञ्चार सम्पर्क विच्छेद भएको कारण तथ्याङ्क सङ्कलनमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

“हामीलाई अहिले उद्धारको काम गर्न बाहिरबाट ठूलो जनशक्ति आवश्यक छ¬”–उहाँले भन्नुभयो । सञ्चार सम्पर्क नहुँदा राजनीतिक पार्टीहरुसँग समेत समन्वय गर्न गाह्रो भएको उल्लेख गर्दै प्रजिअ ज्ञवालीले उद्धार गर्न हेलिकप्टरको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले सिन्धुपाल्चोकमा रहेका ९० प्रतिशत कच्ची घर ध्वस्त भएको र विस्तृत विवरण आउँन बाँकी रहेको उल्लेख गर्नुभयो । जिल्लाका बाह्रविसे प्रहरी चौकी क्षतिग्रस्त भएको छ भने गाउँगाउँमा सञ्चार सम्पर्क नहुँदा उद्धार कार्य पूर्णरुपमा प्रभावित भएको छ ।

उद्धारका लागि निजी कम्पनी र भारतीय हेलिकप्टरसमेत प्रयोगमा ल्याइएको छ । जिल्लाको जलवीरे, तातोपानी, शेर्पाथाङ, बाँसखर्क, फूलपिङकट्टीलगायत अधिकांश गाविसमा भूकम्पका कारणले ठूलो जनधनको क्षति भएको छ ।

“राहत कहिले आउँछ भन्ने प्रतिक्षामा बसेका छौँ¬¬”–प्रजिअ ज्ञवालीले भन्नुभयो । रासस