
काठमाडौँ, १९ वैशाख । नेपालमा स्थानीय तहको निर्वाचनको सम्मुखमा भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् ।
उनी सोमबार साँझ ५ बजे भिस्तारा एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।
उनी ५ दिन नेपाल भ्रमणमा रहेका बेला रारा वा मुस्ताङ जान सक्ने बताइएको छ । उनी शुक्रबार स्वदेश फर्किनेछन् । उनी वैवाहकि समारोहमा सरिक हुन र छुट्टि मनाउन नेपाल आएको बताइए पनि विशेष अवस्थामा नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनी २०७५ मा पनि नेपाल आएका थिए ।















प्रतिक्रिया