
काठमाडौँ, १९ वैशाख । नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल भारी वर्षाका कारण स्थगित गरिएको छ ।
सोमबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।
अब टी–२० शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।















प्रतिक्रिया