८ कार्तिक २०८३, आइतबार

पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न आयोगको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । निर्वाचन आयोगले निर्वाचन वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचार संहिताको पूर्ण कार्यान्वयनका लागि राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न आग्रह गरेको हो ।

त्यस्तै, आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ ।

त्यस्तै, आयोगले आफ्ना पार्टी कार्यालय बाहेकका स्थानमा निर्वाचनसम्बन्धी पोष्टर वा अन्य सामग्री नराख्न दलहरुलाई निदेर्शन दिएको छ ।

कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको रहेको आयोगले स्मरण गराएको छ ।

यस्तो छ आयोगको निर्देशनः