
काठमाडौँ, १९ वैशाख । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विरुद्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतलमा रिट निवेदन पेश गरेका छन् ।
उनको रिटको दर्ता प्रक्रिया सुरु भएको छ । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको थियो । रिटको अध्ययन सकिएपछि दर्ता हुने अदालतले जनाएको छ ।
सरकारले सोमबार धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च पुगेका हुन् ।















प्रतिक्रिया