
काठमाडौँ, १९ वैशाख । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ ।
सोमबार आयोगले एक पत्र पठाउँदै स्थापितसँग २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
स्थापितले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।
केही दिनअघि सार्वजनिक कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टिकरण सोधिएको बताइएको छ ।
कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएपछि उनी विवादमा तानिएका थिए ।















प्रतिक्रिया