७ कार्तिक २०८३, शनिबार

एमालेको चुनावी अभियानमा कांग्रेस कार्यकर्ताको आक्रमण, १० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी अभियानमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गर्दा १० जना घाइते भएका छन् ।

आक्रमणबाट एमालेका १० जना कार्यकर्ता घाइते भएका हुन् । आक्रमणमा चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनाल लगायत घाइते भएका हुन् ।

नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सकोडाँडामा कांग्रेस कार्यकर्ताले आक्रमण गरेको नेकपा एमालेले जनाएको छ ।

‘बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थानहुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १००–१२० को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरे’, सांसद युवराज खनाल भने ।

त्यस्तै, कांग्रेस कार्यकर्ताले चुनवी प्रसारमा प्रयोग भएको गाडी समेत तोडफोड गरेको एमालेले जनाएको छ ।