
काठमाडौँ, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा २००, ५०० र २००० का भारतीय नोट प्रचलनमा ल्याउन सुझाव दिएको छ ।
सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो ।
त्यस्तै, महासंघले पहाडी क्षेत्रमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथामिकता दिन समेत आग्रह गरेको छ ।
नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने महासंघको सुझावमा उल्लेख छ ।
नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ ।















प्रतिक्रिया