३० आश्विन २०८३, शुक्रबार

नेपालमा चार हजार चिनियाँ अलपत्र, नेपाल भ्रमण नगर्न नागरिकलाई चीनको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १४ वैशाख । नेपालमा कम्तीमा पनि चार हजार जना चिनियाँ पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ ।

नेपालमा शनिबार र त्यसपछि पनि निरन्तर रुपमा जारी रहेको भूकम्पका कारण ती चिनियाँ पर्यटक अलपत्र परेका समाचारमा जनाइएको छ ।

ती अलपत्र पर्यटकलाई स्वदेश फर्काउने कामका लागि चिनियाँ अधिकारीहरु खटिएका पनि अर्काे एक समाचारमा जनाइएको छ ।

सो समाचारका अनुसार आइतबार अपरान्ह ४ बजेसम्ममा चिनियाँ विमानहरुले करिब एक हजारजना चिनियाँको उद्वार गरी स्वदेश फर्काइएको जनाइएको छ ।

नेपालमा गत शनिबार गएको सो भूकम्पमा परी मृत्यु हुने नेपाली नागरिकको सङ्ख्या तीन हजार नाघेको छ । सो भूकम्पका कारण चारजना चिनियाँको पनि मृत्यु भएको छ ।

चिनियाँ अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दिन चिनियाँ विमानहरुले कम्तीमा पनि एक हजार २०० चिनियाँ अधिकारी ओसारिहेको छ ।

चिनियाँ हवाई उड्डयन प्राधिकरण अधिकारीहरुले नेपालमा अलपत्र परेका चिनियाँ नागरिकलाई चीन फर्काउनका लागि थप विमानहरुको व्यवस्था गर्न तथा उद्वारको कार्य चुस्त रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ ।

साथै उनीहरुले अलपत्र परेका नेपाली नागरिकको पनि उद्वार गर्नुका साथै मानवीय सहायता उपलब्ध गराउने काममा तदारुकताका साथ लाग्न पनि अधिकारीहरुले आग्रह छ ।

सोही भूकम्पको त्रासका कारण चिनियाँ विदेशमन्त्रालयले तत्कालका लागि नेपालको भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । एजेन्सी