१४ कार्तिक २०८३, शनिबार

सबैभन्दा धेरै मृत्यु सिन्धुपाल्चोकमाः एक हजार २१ जनाको शव फेला, कयौँ बेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । शनिबारको महाभूकम्पबाट सबैभन्दा धेरै सिन्धुपाल्चोकमा जनधनको क्षति भएको देखिएको छ । अहिलेसम्म सिन्धुपाल्चोकमा एक हजार २१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालका अनुसार, मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ । चौतारा बजारमा रहेका घाइतेहरूको उद्धार गर्न कठिनाई भइरहेको छ । सम्पर्क विहिन रहेको तातोपानी गाविसमा समेत घाइतेको उद्धारकार्यमा कठिनाई भइरहेको छ । चौतारा नगरपालिकासहित हगान, सेर्पाथाङ, नवलपुर, जलविरे, बाँसखर्क, गोल्छे, फुलपिङपट्टीलगायतका गाविसमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । मेलम्ची क्षेत्रमा डेढ सय जनाको शव प्राप्त भइसकेको छ । त्यहाँ अहिलेसम्म पनि उद्दार कार्य हुन सकेको छैन ।

उद्धारका लागि दुई वटा हेलिकप्टर प्रयोग भइरहेको पनि अहिलेसम्म ५० प्रतिशतमा मात्र उद्दार कार्य पुरा भएको छ । चौतारा बजारमा रहेका अधिकाँश सरकारी कार्यालय पूर्ण रूपले क्षतिग्रस्त भएका छन् ।