१ कार्तिक २०८३, आइतबार

निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारहरुलाई शनिबार चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको थियो ।

ति उम्मेदवारहरुलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

निर्वाचन चिह्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने छ ।

स्थानीय निर्वाचनमा विभिन्न ७९ दलका डेढ बढी उम्मेदवारहरुले सहभागीता जनाउँदैछन् । जसमा सबैभन्दा धेरै नेकपा एमालेका साढे ३३ हजार भन्दा बढी, त्यसपछि कांग्रेसका उम्मेदवारहरु रहेका छन् । त्यस्तै, १२ हजार २२० जना स्वतन्त्र हैसियतमा निर्वाचन लड्दैछन् ।