७ कार्तिक २०८३, शनिबार

गभर्नर हटाउने सरकारको प्रयास असफल, अधिकारीको पक्षमा सर्वोच्चको फैसला (आदेशसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको प्रयास असफल भएको छ ।

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने र उनलाई काम गर्न दिने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन फैसला सुनाएको छ ।

शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सुनुवाइपछि गभर्नर अधिकारीको पक्षमा फैसला सुनाएको हो ।

अब यससँगै अर्थमन्त्री दिनानाथ शर्मादेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्ममा नैतिक प्रश्न उब्जिएको छ ।