६ कार्तिक २०८३, शुक्रबार

पार्टीलाई ‘प्रालि’ बनाएको भन्दै नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेल एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १६ वैशाख । नेकपा एकीकृत समाजवादी (नेकपा एस) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एस त्यागेर पार्टी छोडेको घोषणा गरेको भोलिपल्ट पोखरेल एमालेमा प्रवेश गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाको मेयर पद नपाएपछि समाजवादी छाडेका उनी पार्टी छोडेको भोलिपल्टै काठमाडौँ पुगेर अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

पोखरेललाई नेकपा एमालेका अध्यक्ष ओलीले काठमाडौंमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका थिए । पोखरेलले बुधबार मात्र नेकपा एकीकृत समाजवादीको अध्यक्ष पद परित्याग गरेका थिए । समाजवादीमा व्यक्तिवाद हाबी भएको, समाजवादीलाई प्रालि बनाइएको भन्दै पोखरेलसहितका नेताहरूले पार्टी परित्याग गरेका थिए ।

उनले अब एमालेको नीति र विधिमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी ८ महिनापछि भए पनि आफ्नो घरमा फर्केको भन्दै अध्यक्ष ओलीले उनको प्रशंसा गरेका थिए ।