६ कार्तिक २०८३, शुक्रबार

सम्पूर्ण हवाई उडान बन्द गराउने वायु सेवा सञ्चालक संघको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । वायु सेवा सञ्चालक संघले आज शुक्रबारदेखि सम्पूर्ण हवाई सेवा बन्द गराउने चेतावनी दिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति असहमति जनाउँदै सेवा नै बन्द गराउने चेतावनी दिएका हुन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो ।

क्यानले वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो ।

स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्ध वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन र यसअघिको वैशाख ३ गतेकै उडान स्लट कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

निर्णय नसच्यिए वैशाख १६ गतेदेखि हवाई उडान बन्द गराउने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।