
काठमाडौं, १६ वैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ ।
चुनावी कार्यतालिका अनुसार आज शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यस्तै भोलि शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका आयोगको छ ।
७५३ वटा पालिकाका ३५ हजार २२१ पदका लागि एक लाख ५३ हजार १६७ जनाको उम्मेदवारी दर्ता भएको आयोगको भनाइ छ । त्यसअनुसार मेयर पदका लागि तीन हजार ५१८, अध्यक्षका लागि तीन हजार ३९२, उपमेयरका लागि दुई हजार १७४, उपाध्यक्षका लागि दुई हजार ४०७, वडाध्यक्षका लागि ३५ हजार ३८७, महिला सदस्यका लागि २६ हजार ५५८, दलित महिला सदस्यका लागि २३ हजार ९५९ र सदस्यका लागि ५५ हजार ७७२ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।















प्रतिक्रिया