२९ आश्विन २०८३, बिहिबार

भूकम्पपछि तपाईंको मन आत्तिएको छ ? कारण यस्तो हुन सक्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudip-Ghimire

शनिवार र आइतवार गएको शक्तिशाली भुकम्प र बेलाबेला गइरहेका स—साना भूकम्पको धक्काले सम्पूर्ण नेपालीहरुको मानसपटलमा नराम्रोरी प्रभाव पारेको छ । धेरै व्यक्तिहरुको मनमा त्रास छ भने आफन्तको पीडाले कतिपयलाई दुखी वनाईरहेको छ । मन रोएको छ । अनुहारमा बेचैन छाएको छ । बाँचेकाहरु फेरी शक्तिशाली भूकम्प आउने डरले अति सम्बेदनशीलतामा छन् ।

सामान्यतयः यस्ता प्राकृतिक प्रकोपले धनजनको नोक्सानी हुनुको साथै प्रभावित व्यक्तिको मनोबैज्ञानिक पक्षलाई असर पारेको हुन्छ । यस्ता समस्याबाट व्यक्तिको मनमा निम्त्याएको भावनात्मक समस्यालाई आघात भनिन्छ । आघातले तीन चरणमा व्यक्तिको भाबनामा चोट पुर्याँउछ । पहिलो चरणको प्रतिकृयामा घटना घटेको २/३ दिन सम्म व्यक्तिहरुमा स—साना आवाजहरु प्रति सर्तक हुने, लामो लामो श्वास फर्ने, मुटुको घड्कन बढ्ने, मन र शरीर चनाखो भए जस्तो हुने, सुन्ने र स्र्पश गर्ने अंगहरु समस्या प्रति बढी सक्रिय रहने जस्ता लक्षणहरु व्यक्तिमा देखिन्छन् ।

केही हप्तासम्म मन धेरै आत्तिने, निन्द्रा नलाग्ने, खाना मन नलाग्ने, चिन्तित भइरहने, निन्द्रा लागे पनि झर्किने, धेरै चिन्तित भइरहने लक्षणहरु व्यक्तिमा देखिन्छन् । यदि यस्ता लक्षणहरु बारम्बार देखिरहे, आफ्नो मनको अनुभव, पीडाहरु आफन्त वा साथीहरुलाई सुनाउनुपर्छ । 

त्यसबाहेक जमिन हल्लिएको जस्तो अनुभव हुने, गोडाहरु काम्ने, कम्जोर भए जस्तो हुने, वान्ता आउला जस्तो हुने लक्षणहरु व्यक्तिमा आउनु भनेको असामान्य घटनाका सामान्य प्रतिकृया मात्र हुन् । यस्तो बेला व्यक्तिहरुले लामो लामो श्वास लिने र आत्तिनु हुँदैन् । अरुहरुलाई पनि व्यक्तिमा यस्ता लक्षणहरु देखिनु भनेको सामान्य प्रतिकृया हो भनि जानकारी दिनु उपयुक्त हुन्छ । यदि व्यक्तिले यस्ता प्रतिकृया सामान्य हुन भनेर स्वीकार गरेमा ४० देखि ६० प्रतिशत व्यक्तिहरुमा देखिएको तनावको व्यवस्थापन हुन सहयोग पुग्छ । त्यसबाहेक आधारभुत आवश्यकताको परिपूर्ति (गास, बास, सुरक्षा)को राम्रो व्यवस्था भएमा अझै मनोबैज्ञानिक समस्या हुनवाट बचाउन सक्छ ।

केही हप्तासम्म मन धेरै आत्तिने, निन्द्रा नलाग्ने, खाना मन नलाग्ने, चिन्तित भइरहने, निन्द्रा लागे पनि झर्किने, धेरै चिन्तित भइरहने लक्षणहरु व्यक्तिमा देखिन्छन् । यदि यस्ता लक्षणहरु बारम्बार देखिरहे, आफ्नो मनको अनुभव, पीडाहरु आफन्त वा साथीहरुलाई सुनाउनुपर्छ । यदि यस्ता लक्षणहरु व्यक्तिले एक महिना भन्दा पनि बढी देखिएमा व्यक्तिलाई उपचारको लागि लैजानु पर्छ । मनोबिज्ञहरुको सहयोग लिनुपर्छ ।

भूकम्प सम्बन्धी धक्का आइरहने भन्ने गलत सन्देशले धेरै व्यक्तिहरुलाई आतंकित वनाइरहेको छ । यो बेला कसले के भन्यो भन्दा पनि आफू र आफ्नो परिवारको सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ । धक्का महसुस हुने बित्तिकै व्यक्तिहरु आत्तिएर एकै चोटी भागदौड गरेको देखिएको छ । जसले गर्दा व्यक्तिहरु घाइते भएका छन् । भौतिक संरचना भत्केरै धेरै व्यक्तिहरुले ज्यान गुमाइसकेका छन् । यो विपत्तिको घडीमा संयमित हुनु पहिलो प्राथमिकता हो । समस्या जति हुनु भयो थप समस्या नहुनका लागि शान्त मुद्रामा लागौं । मनमा धेरै कुराहरु नखेलाउँ ।