२९ आश्विन २०८३, बिहिबार

एनआरएन अमेरिकाबाट भूकम्प पीडितका लागि आर्थिक सहयोगको अपिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsnrn-logo-300x224

न्युयोर्क । एनआरएन अमेरिकाले नेपालका भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्न अमेरिकाबासी नेपालीहरुमा अपिल गरेको छ ।

‘यतिबेला देशको यो आपतमा सहयोग तथा उद्धार गर्न मन लाग्नु स्वभाविक हो । हामी सबैले भौतिक रुपमा देशमा पुगेर तत्काल उद्धार तथा राहतमा सहयोग गर्न सम्भव नभए पनि देशमा भएको यस आपतकालिन अवस्थामा आउनुहोस् मिलेर सामुहिक रुपमा आर्थिक सहयोग जुटाऔं ।,’ एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीबाट जारी अपिलमा भनिएको छ, ‘मैले एनआरएन अमेरिकाको तर्फबाट अमेरिकामा रहेका सम्पुर्ण नेपाली संघ, संस्था लगायत सबैमा सामुहिक रुपमा सहयोग संकलनका लागि अपिल समेत गर्दछु । आउनुहोस् आ आफ्नो स्थानबाट अमेरिकामा रहेका सबै नेपालीको तर्फबाट एउटा सहयोग रकम संकलन गरौं र मातुभुमीमा आपत परेकाको लागि तत्काल सहयोग गरौं ।’