७ कार्तिक २०८३, शनिबार

भरतपुरबाट फर्किए गृहमन्त्री खाँण, उम्मेदवारी फिर्ता नलिने ठाउँमा पुगेको पौडेलको जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवारी फिर्ता लिन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

पौडेल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरुको सन्देश लिएर पुगेका खाँणलाई पौडेलले ‘रेणु दाहाललाई ब्याक गराउनेतिर सोच्नुस्’ भन्ने जवाफ दिएका थिए ।

यसअघि प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ, नेपाली कांग्रेस चितवनका पदाधिकारीलाई पनि पौडेलको सोही जवाफ थियो । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयत्नमा पौडेल ठूलो बाधकका रुपमा उभिएका छन् ।