
काठमाडौं, १५ वैशाख । गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई हजार ५९४ जनाको मृत्यु भएको छ ।
विगत २४ घण्टामा विश्वभर ६ लाख २८ हजार ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
हालसम्म ५१ करोड १३ लाख ६८ हजार ५१४ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ४६ करोड ४६ लाख ६४ हजार ९४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६२ लाख ५२ हजार ८९८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
हालसम्म विश्वभर ४० लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४१ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ लाख ५ हजार ३८० संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । २५२ सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ७७८ जनामा संक्रमण भइसकेको छ ।















प्रतिक्रिया