नुवाकोट, १७ जेठ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल महासचिव हुँदा गुटफुट देखि सुरासुन्दरी काण्डसम्म भएर एमाले कमजोर भएको आरोप लगाएका छन् ।
शुक्रबार रसुवाको कालिकास्थानमा आयोजित युवा संघ नेपाल रसुवाको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले २०५४ देखि ०६४ सालसम्म इतिहासमै एमाले कमजोर हुनुमा नेतृत्वकै हैसियतमा माधव नेपाल जिम्मेवार रहेको दावी गरे ।
अध्यक्ष बस्नेतले त्यतिबेला माधवकुमार नेपालको नेतृत्व र हालीमुहाली रहेको र त्यतिवेलाको मुल्याङ्कन गर्दा नेता नेपाल अत्यन्तै कमजोर रहेकोले अव नेपाललाई नेतृत्व दिन नहुने बस्नेतको तर्क छ ।
अध्यक्ष बस्नेतले पार्टीको सबै घटनाक्रम र विगतलाई समीक्षा गर्दा पार्टीमा अबको नेतृत्व केपी शर्मा ओलीले गर्नुपर्ने र माधव नेपाल प्रस्तावक बन्नुपर्ने बताए ।
‘नेकपा एमालेको इतिहासलाई हेर्दा चार जना नेताले नेतृत्व गरेको देखिन्छ, अध्यक्ष बस्नेतले भने– ‘सिपि मैनाली, झलनाथ खनाल, मदन भण्डारी र माधव नेपालको नेतृत्वमा माधव नेपालको कार्यकाल कमजोर थियो ।’
नेपालको कार्यकालमा एमाले पार्टीभित्र फुटदेखि गुट र सुरासुन्दरी काण्डसमेत घटेको स्मरण गर्दै असक्षम नेतृत्वकै कारण त्यतिबेला एमाले कमजोर भएको विश्लेषण अध्यक्ष बस्नेतको थियो ।














प्रतिक्रिया