३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितका लागि रुपन्देही व्यापार संघबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १४ वैशाख । महाभुकम्पका कारण देशका राजधानी लगायत विभिन्न जिल्लाहरुमा अकल्पनीय ढंगबाट देशभर भएको अपुरणीय जनधन क्षतिको रुपन्देही व्यापार संघले गहिरो दुःख व्यक्त गरेको छ ।

संघले यस भवितव्यमा परी मृत्यु भएका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते आम नागरिकप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । संघका महासचिव डिल्लीराज भण्डारीद्वारा जारी विज्ञप्तिमा यस राष्ट्रिय संकटको महाबिपत्तिमा राज्यले आव्हान गरेको उद्वार तथा राहत कार्यप्रति गम्भीर हु“दै रुपन्देही व्यापार संघको समेत सक्दो सहभागिता स्वरुप यस किसिमको भवितव्यमा परी पीडित भएका नागरिकहरुको सहयोगका लागि संघको तर्फबाट १ लाख १ हजार र संघका दैवि प्रकोप राहत कोष स्थापना गरी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यस्तै महाभुकम्प पीडितहरुका लागि संघले प्रथम उपाध्यक्ष मोतिलाल पाण्डेको संयोजकत्वमा राहत संङ्कलन अभियान संञ्चालन गर्ने भएको छ । संङ्घले राहत संङ्कलनका लागि आम ब्यवसायी उद्योगी, आम नागरिकमा सहयोगको लागि आब्हान गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संघद्वारा यस महाबिपत्तिमा घाइतेको उपचारका क्रममा आवश्यक पर्ने रगत संकलनका लागि संघले रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ । रक्तदान कार्यक्रम संघका सदस्य दयानिधि भण्डारीको संयोजकत्वमा समिति गठन गरिएकोले सम्पूर्ण सामाजिक संघसंस्था, व्यवसायी एवं सबैमा सहभागिताका लागि आव्हान समेत गरेको छ ।