
रौतहट, १४ वैशाख । नेपाली कांग्रेस रौतहट सभापति सुनिल यादव र मधेस प्रदेश सभापति कृष्ण यादवले आर्थिक लेनदेनमा टिकट बेचेको भन्दै पार्टीका महासमिति सदस्यसहितले पार्टी परित्याग गरेका छन् ।
रौतहटस्थित नेपाली कांग्रेसका महासमिती सदस्य वाल्मीकि प्रसाद यादवले पार्टीका अग्रपंक्तिका केही नेताहरूले पहिलैदेखि टिकट बेचबिखन गर्ने गरेको खुलासा गरे ।
वुधबार यादवले पत्रकारसँग संक्षिप्त कुरा गर्दै कांग्रेसका प्रदेश सभापति कृष्ण यादव र जिल्ला सभापति सुनिल यादव जितेन्द्र मिलेर अघिल्लो स्थानीय निर्वाचनदेखि नै करोडौंको चलखेल गरी टिकट बिचेको आफूसँग प्रमाण रहेको दावी गरेका छन् ।















प्रतिक्रिया