९ कार्तिक २०८३, सोमबार

पछिल्लो २४ घन्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । पछिल्लो २४ घन्टामा देशभर थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बुधबार ११ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

चार हजार ११९ जनाको पिसिआर र एक हजार ७७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर २५२ जना सक्रिय संक्रमित छन्।