भक्तपुर, १४ वैशाख । महाभूकम्पबाट भक्तपुरमा मृत्यु हुनेको सङ्ख्या २३२ जना पुगेको छ । घाइतेको सङ्ख्या एक हजार नाघेको छ । उद्धार गर्न नसकेपछि उद्धारकर्मी फर्किएका छन् ।
दिउँसो जिल्ला प्रशासन कार्यालयमा राहतका सामग्री र पाल माग गर्दै हजारौँ स्थानीयवासीले प्रशासन घेराउ गरेका छन् ।
भक्तपुर नगरपालिका अगाडिबाट पाल वितरण गर्न थालेपछि पाल लिन आउनेहरुले खोसाखोस गर्न थालेका छन् । त्यसपछि भएको ढुङ्गा हानाहानबाट भक्तपुर नगरपालिकाको गाडी तोडफोड भएको छ ।
भक्तपुर क्षेत्रमा परेको ठूलो वर्षाका कारण भूकम्प पीडितको बिजोग भएको छ । रासस













प्रतिक्रिया