
काठमाडौँ, १४ वैशाख । मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौंको लोलाङ बस्ने २६ वर्षीय सुदास लामालाई मोटरसाइकलसहित ट्राफिक प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका लामालाई थप कारबाहीका लागि प्रहरी परिसर जावलाखेलमा पठाइएको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया