
काठमाडौँ, १४ वैशाख । एक युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका- ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका छन् ।
नेपालीले गत फागुन २ गते साझ सोही वडाको दौघा स्थित गोठमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।
गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते नेपाली पक्राउ परेका हुन् । नेपालीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया