
काठमाडौं, १४ वैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति उम्मेदवार घोषणा गर्ने बेलासम्म आइपुग्दा हराएको छ ।
केन्द्रबाट सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट गरेर संयुक्त उम्मेदवार चयन गरिए पनि अधिकांश नगरपालिका र गाउँपालिकामा संयुक्त उम्मेदवार चयन कार्य अघि बढेन ।
केन्द्रबाट ७७ जिल्लाको ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने समझदारी भए पनि स्थानीय तहमा केन्द्रको समझदारी कार्यान्वयन हुन नसकेको हो ।
सत्ता गठबन्धनबीच स्थानीय तहमा समयमा नै निर्णय नभएका कारण सत्ता गठबन्धनका दलहरूलाई सोमबारसम्म पनि उम्मेदवार चयनमा निकै सकस परेको थियो । स्थानीय तहमा सत्ता गठबन्धनबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएसँगै सत्ता गठबन्धनका शीर्ष नेताहरूले लिएको नीति विफल बन्न पुगेको हो ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको महानगर र उपमहानगरपालिकामा पनि सत्तारूढ दलबाटै बागी उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनमा शीर्ष तहमा अन्तिमसम्म कोसिस भए पनि अपेक्षाकृत रूपमा गठबन्धन हुन नसकेको निष्कर्ष सत्ता गठबन्धनका दलहरूले निकालेका छन्, आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।















प्रतिक्रिया