९ कार्तिक २०८३, सोमबार

बैतडीमा ४४० पदका लागि एक हजार ४४२ को उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका लागि बैतडीमा एक हजार ४०० बढी उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा आवश्यक ४४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर एक हजार ४४२ को उम्मेदवारी दर्ता भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा २२७, मेलौली नगरपालिकामा १९३, पुर्चौंडी नगरपालिकामा १७६ र पाटन नगरपालिकामा १६१ को उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको सूर्नया गाउँपालिकामा १४९, सिगास गाउँपालिकामा १८१, दोगडाकेदार गाउँपालिकामा १२५, शिवनाथ गाउँपालिकामा ९२, पञ्चेश्वर गाउँपालिकामा ७९ र डिलाशैनी गाउँपालिकामा ५९ को उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरेर १० स्थानीय तह रहेका छन् । यहाँका सबै स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको हो । –रासस