९ कार्तिक २०८३, सोमबार

प्रेस चौतारी तनहुँद्वारा मिडिया डेस्क स्थापना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विवि श्रेष्ठ

तनहुँ, १३ वैशाख । प्रेस चौतारी नेपाल, तनहुँ शाखाले स्थानिय निर्वाचन केन्द्रित मिडिया डेस्क स्थापना गरेको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्ष राजकुमार श्रेष्ठ विविको अध्यक्षतामा बसेको बैठकले निर्वाचन केन्द्रित सुचना संकलन तथा प्रसारणका लागि मिडिया डेस्क स्थापना गरेको हो ।

देश नै स्थानिय निकायको चुनावमा होमिएको सन्र्दभमा जनतालाई सुसुचित बनाउनका लागि मिडिया डेस्क स्थापना गरिएको शाखा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एकबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदिपराज अधिकारीले निर्वाचनमा जनतालाई स्वतन्त्र र निष्पक्ष भएर समाचार संकलन तथा प्रसारण गर्न आग्रह गरेका थियो । पत्रकार राज्यको चौथो अंग भएको हुनाले यसको ठुलो महत्वभएको हुँदा यसमा जिम्मेवारीतासहितको पत्रकारिता आवश्यक भएको अतिथीहरुले बताएका थिए ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश चन्द्र भट्टराई, अनुशासन आयोगका सदस्य नारायण खड्का, गण्डकी प्रदेश कमिटीका सदस्य राजन उपाध्याय, मदन तिमल्सेना लगायत अतिथीहरुको उपस्थिति रहेको थियो ।

यसैगरि बैठकले विभिन्न तनहुँ जिल्लामा भएको पत्रकारहरुलाई जिम्मेवारी समेत तोकेको छ । व्यास नगरपालिकामा कृष्ण न्यौपाने, प्रकाशचन्द्र भट्टराई, सम्झना रसाईली, शुक्लागण्डकीमा राजन उपाध्याय, राजकुमार विवि, किरण श्रेष्ठ, भिमाद नगरपालिकामा प्रेम प्रसाद पौडेल, धुव्रराज सुवेदी र किरण श्रेष्ठ, भानु नगरपालिकामा नारायण खड्का, किरण श्रेष्ठ र शर्मिलाविक, म्याग्दे गाँउपालिकामा राजकुमार, सविन लामिछाने र मदन तिमल्सेना, घिरिङ गाँउपालिकामा अन्जन परियार, ऋषिकान्त दुवाडी र धुव्रराज सुवेदी, रिषिङ गाँउपालिकामा ऋषिकान्त दुवाडी, अन्जन परियार र सविन लामिछाने तोकिएका छन् ।

यसैगरि देवघाट गाउँपालिकामा चित्र गुरुङ, करिश्मा गुरुङ र प्रकाशचन्द्र भट्टराई, वन्दिपुर गाँउपालिकामा सागर गिरी, कृष्ण न्यौपाने र सुनिता आचार्य र आबुँ गाँउपालिकामा चित्र गुरुङ, सागर गिरी र नारायण खड्का तोकिएका छन् । तोकिएका पत्रकारले निर्वाचन केन्द्रित गतिविधिलाई समाचार संकलन तथा प्रशारण गरि जनतालाई सुसुचित गर्नेछन् ।

यसैगरि बैठकले प्रेस चौतारी नेपाल तनहुँको शाखा कोषाध्यक्षमा सविन लामिछाने र सदस्यहरुमा आश्विन किशोर श्रेष्ठ र सुदिप पौडेललाई समेत कार्यसमितिमा मनोनित गरेको छ ।