९ कार्तिक २०८३, सोमबार

कांग्रेसमा चरम विवादः बैठकमा हात हालाहालसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेसमा देशैभर विवाद चरम बनेको छ ।

यसै क्रममा वागमती प्रदेश अन्तर्गतका नगरपालिकाहरुमा उम्मेदवार चयनमा तीव्र विवाद देखिएपछि नेता कार्यकर्ताहरु पार्टी छोड्नेदेखि बागी उम्मेदवार बन्ने स्थिति सिर्जना भएको छ ।

टिकट वितरणका लागि भइरहेको वागमती प्रदेश संसदीय समितिको बैठकमा अपमान गरिएको भन्दै सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य अम्बिका बस्नेतले नै ‘पार्टी छाड्ने’ चेतावनी दिएकी छन् ।

उनले केन्द्रीय सदस्यबाटै राजीनामा दिने बताएकी छन् ।

वागमती प्रदेश संसदीय समितिको बैठकमा प्रदेशका कांग्रेस सभापति ईन्द्र बानियाँले केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई बैठकबाट बाहिरिन निर्देशन दिएपछि झनै तनावपूर्ण बनेको छ ।

खुमलटारको ट्रिनिटी होटलमा भएको बैठकमा गोकर्णेश्वर नगरपालिकाको मेयरको छनोटमा विवाद उत्कर्षमा पुगेको हो ।

नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली लगायतका नगरपालिकामा वर्तमान मेयरलाई नै टिकट तयार बाँनिया गोकर्णेश्वरमा भने त्यसो गर्न दिएनन् ।

बैठकमा सबैलाई समेटेर लैजानुपर्ने बस्नेतको भनाइ रहेको बताइएको छ । गोकर्णेश्वरमा सनतोष चालिसे नभएर अन्यलाई टिकट दिइएको थियो ।

बस्नेतले अन्यत्र मेयर दोहोरिन हुने गोकर्णेश्वरमा किन नहुने भन्दै अपमान भएको भनेर बेठकबाट बाहिरिएकी थिइन् ।

त्यस्तै, देउवाको क्षेत्र बुढानिलकण्ठमा पनि टिकटका विषयमा झमेला भएको थियो ।

प्रदेश महामन्त्री रहेका राजु श्रेष्ठले बुढानिलकण्ठमा आफ्नो पनि चासो रहेको बताए पनि बानियाँले राजुको भनाईलाई पनि वास्ता गरेनन् । उनीहरुबीच विवाद भइरह्यो ।

बानियाँले एकलौटी निर्णय गरको भन्दै महामन्त्री श्रेष्ठले माइन्यूट नै च्याते । श्रेष्ठ र बाँनियाबीच भएको भनाभन झण्डै हात हालाहालको स्थितिमा पुगेको बताइएको छ ।

वागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये ७४ स्थानीय तहमा मात्रै गठबन्धन कायम रहेको छ ।

४५ तहमा गठबन्धन भत्कनुका पछाडि वागमती प्रदेश कांग्रेसभित्रको विवाद पनि मुख्य कारण रहेको बताइन्छ ।