
सिन्धुली, १३ वैशाख । सत्ता गठबन्धनबाट सिन्धुलीको कमलामाइ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका दीर्घराज श्रेष्ठको उम्मेदवारी बदर भएको छ ।
श्रेष्ठको समानुपातिक प्रणालीको बन्दसूचीमा नाम रहेकाले सफ्टवेयरमा नाम इन्ट्री नहुँदा उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जनाएका छन् ।
आयोगले अन्य ९ जना उम्मेदवारको समेत प्रक्रिया नपुगेकाले बदर जनाएको छ ।
गठबन्धनका उपमेयरको भाग माओवादीलाई परेपछि श्रेष्ठले उम्मेदवारी दिएका थिए । दुई महिनाअघि माओवादी प्रवेश गरेका श्रेष्ठको जनता समाजवादीको समानुपातिक बन्दसूचीमा नाम भएकाले उम्मेदवारी बदर भएको हो ।















प्रतिक्रिया