
सिन्धुली, १३ वैशाख । कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय १६ पिस, नाईट्रोसन १ सय ५ पिस, स्पास्मो प्रोक्सिभन ८० पिस, अवैध लागूऔषध गाँजा ९३ ग्राम २ सय २० मिलिग्राम र ३ पिस लागूऔषध जस्तो देखिने ट्याब्लेट सहित सप्तरी नगरपालिका-४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५०४९ नम्बरको हाइसलाई भिमानस्थित चेकपोईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया