७ कार्तिक २०८३, शनिबार

कांग्रेस नेता गुरु घिमिरे सक्रिय राजनीतिबाट किन विदा लिँदैछन्?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख। नेपाली कांग्रेसका नेता गुरु घिमिरेले सक्रिय राजनीतिबाट विदा लिने निर्णय गरेका छन्। पार्टीभित्रको मनपरीतन्त्रका कारण राजनीतिक सक्रियता नदेखाउने निचोडमा घिमिरे पुगेका हुन्।

स्थानीय तहको चुनावमा पार्टीले पहुँच, पैसा र शक्तिको भरमा टिकट बाँडेको उनको गुनासो रहेको छ। ‘पार्टीभित्र निक्कै नै ज्यादती भयो त्यसकारण म यस्तो निर्णयमा पुगेको हुँ’, घिमिरेले भनेका छन्।

‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा  देशभरी उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ’, उनले ट्वीटरमा लेखेका छन्।